• २०८१ मंसिर १७ सोमबार

मेरो जीवनमा तिमी

बसन्त चौधरी

बसन्त चौधरी

वर्षौं पहिलेको
पहिलो भेटको सम्झना,
आज पनि मीठो लाग्छ ।
मेरो जीवनमा तिमी
भर्खरै उदायौ कि
जस्तो लाग्छ ।

तिम्रो सपना मेरो जीवन,
तिम्रो हाँसो मेरो धड्कन,
तिम्रो माया मेरो चन्दन,
तिम्रो छायाँ मेरो बन्धन ।

तिमी के सोच्छयौ कुन्नि, तर
तिमीलाई समझदा
मभित्रको तिम्रो माया
किन किन,
अचम्मले
फेरि फेरि जाग्छ ।

साभार: मेरो कविताहरू (कवितासङ्ग्रह)


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)