• २०८१ असोज २८ सोमबार

बानी

हरिश करमचंदाणी

हरिश करमचंदाणी

हेर्नु कुनै दिन
कस्तो तमाशा बनाउने छ तिम्रो बानीले
यदि छोडेनौ भने कहीं को पनि रहने छैनौ
र हामी पनि रहने छैनौ
छोडेनौ भने यो बानी-
बाँकी रहने छैनन् एउटा पनि साथी
हो दुश्मनहरूको ताँती त गन्नै भ्याउने छैनौ
आफ्ना त अवश्य नै हुनेछन् पराया
ऐनाले पनि मुख फर्काउन बेर छैन
एक्लै बस्ने छु भन्ने कुराको भर पनि नपर्नु
अहिले पनि बेला छ, सम्हालियौ
छोडी देऊ यो बानी
सत्य बोल्ने बानी !

अनुवाद: राजेन्द्र शलभ