• २०८२ बैशाख २९ सोमबार

“समकालीन साहित्य” पूर्णाङ्क १०१ प्रकाशित

नेपाल प्रज्ञा- प्रतिष्ठानबाट प्रकाशित हुँदै आएको “समकालीन साहित्य” पूर्णाङ्क १०१ प्रकाशित भएको छ।जसको प्रधानसम्पादकमा प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा आख्यान विभाग प्रमुख अमर न्यौपाने हुनुहुन्छ ।

यसैगरी सम्पादक मण्डलमा कान्जोक लामा, कुमारी लामा, केसरी अम्गाई, प्राज्ञ जनक रसिक, पुरुषोत्तम रिजाल, भूमिश्वर पौडेल र कार्यकारी सम्पादकमा डा. अशोक थापा रहनु भएको छ । यस पटकको समकालीन साहित्य केही नूतनता र नयाँ साजसज्जासहित प्रकाशित भएको छ ।