• २०८१ असोज २४ बिहीबार

चिठी आएको छ

लोकराज जोशी

लोकराज जोशी

त्यो टाढाको परदेशबाट
देशमा रहेका बुबालाई
सम्झी चिठी आएको छ !

छोरा नआए पनि बा को खुशी त्यही
कागजमा कोरिएका टाटे-पाटे अक्षरहरूले
लेखिएका केहि शब्दहरूमा अडिएर बसेको रहेछ

हतारमा
गाईको बाच्छोलाई चौलानी खुवाउन भुलेर
बुवाले चिठी बाहेक अरू केहि सम्झिनु भएन
बिर्सिनु भएछ आफू भोकै भएको
आँसुहरू खसिरहदा पनि फुर्सद भएन
हटाउने चिठीबाट हात

छोराले चिठीमा सन्चो-बिसन्चो मात्र के लेखेको थियो ?
बर्षौ देखिको दीर्घ रोग पनि निको भएर आयो
हराएर गयो
छोराको चिठी आएको छ
बा लाई बहार आए जस्तै भएको छ ।


लोकराज जोशी
[email protected]