समाचार

काठमाडौं ।
उपन्यासकार कल्पना खरेलको अर्को उपन्यास ‘भृकुटीतारा’ एक कार्यक्रमबीच लोकार्पित भएको छ । बिहीबार अनामनगरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि मदनदास श्रेष्ठ लगायतले कृति सार्वजनिक गरेका थिए ।
प्रमुख अतिथि अभिनेता श्रेष्ठले धेरैअघि भृकुटीतारा शीर्षकको एउटा नाटक हेरेको सन्दर्भ उल्लेख गर्दै लेखकले भृकुटीलाई उपन्यासका रूपमा ल्याउने चुनौतीपूर्ण काम गरेको बताए । प्रा. डा. गोविन्दमानसिंह कार्कीले कृतिमाथि समीक्षात्मक चर्चा गर्दै यो ऐतिहासिक उपन्यास भएको उल्लेख गरे ।