• २०८१ कातिर्क २९ बिहीबार

दीप दर्पणको ‘एक्लो पृथ्वी एक्लो मान्छे’ कवितासंग्रह सार्वजनिक

काठमाडौँ ।

कवि दीप दर्पणको पहिलो कवितासंग्रह ‘एक्लो पृथ्वी एक्लो मान्छे’ सार्वजनिक गरिएको छ । काठमाडौँको हार्दिक होटेलमा आयोजित कार्यक्रममा ५२ वटा कविता समेटिएको कविता संग्रह सार्वजनिक गरिएको हो । कवि श्रवण मुकारुङ, समालोचक राजकुमार बानियाँ, कवि ज्योती जंगल र लेखक दीप दर्पणले सामूहिक रुपमा कविता संग्रहको विमोचन गरेका थिए ।

विमोचन कार्यक्रममा बोल्दै कवि तथा गीतकार श्रवण मुकारुङले कविता संग्रहले समाजको यथार्थतालाई मार्मिक ढंगले प्रस्तुत गरिएको बताए । समालोचक राजकुमार बानियाँले आफू कविताको भोको रहेको चर्चा गर्दै आफूले अध्ययन गर्न चाहेको कविताहरुमध्ये दीप दर्पणको कविता संग्रह पनि परको बताए । उनले कविताले चित्रण गरेको विषयको गहिराईले पाठकको मन जित्ने बताए ।

कवि ज्योती जंगलले संग्रहका हरेक कविताले कुनै न कुनै कथानक बोकेको चर्चा गर्दै कविले निम्न वर्गीय मर्मलाई चित्रण गरेको बताइन् । रोल्पा स्थायी घर भएका दीप सानैदेखि कविता लेखनमा रुची राख्दथे । साहित्यमा विशेष रुची रहेका उनले फुटकर कविताहरु संचारमाध्यम मार्फत पाठक सामु ल्याइरहने गरे पनि संग्रह नै ल्याएको भने पहिलो पटक हो ।

पहिलो संग्रहले आफूलाई उत्साहित बनाएको बताउँदै यस बाट आउने प्रतिक्रिया र सल्लाह सुझाव अनुसार दोस्रो संग्रह पनि ल्याउने बताए । कार्यक्रममा कवि रिमा केसी, महेश छितिज, सुरज राणा र राधिका अधिकारीले कविता संग्रहबाट छानिएका कविता वाचन गरेका थिए । सांग्रिला बुक्सले पुस्तक प्रकाशन गरेको हो । कार्यक्रम संचालन कवि प्रज्वल अधिकारीले गरेका थिए ।


जात- बिरादरी

प्रयास

दानव बना मानव