• २०८१ माघ ९ बुधबार

सुरेन्द्र सिटौलाको ‘स्वर्गको बस्ती’ कवितासंग्रह विमोचन

काठमाडौँ

सुरेन्द्र सिटौलाको नयाँ कविता संग्रह ‘स्वर्गको बस्ती’ विमोचन गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच पूर्वमन्त्री महेश आचार्य, प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति विष्णुविभू घिमिरे तथा लेखक तथा समालोचक गोविन्द भट्टराईको उपस्थितिमा पुस्तक सार्वजनिक गरिएको थियो ।

वाग्मती बोर्डिङ स्कुलको आयोजनामा भएको उक्त कार्यक्रममा पुस्तकमाथि बोल्दै पूर्वमन्त्री आचार्यले सिटौलाको कवितामा भावना शिक्षा दर्शन चेतना र अनुभवको सँगालो भेटिने बताए। ‘कविको चेतनामा परिष्कार भावना र अनुभूति रहेको छ’,उनले भने ।

त्यस्तै घिमिरेले सरल भाषामा असरल्ल भावहरू कसरी बुन्न सकिन्छ यसको उदाहरण पुस्तकमार्फत सिटौलाले दिएको टिप्पणी गरे। ‘औसत सर्जकहरूको आँखामा, अनुभूतिमा नपरेका। त्यति महत्व र भाव नपाएका सूक्ष्म विषयहरूलाई काव्यिक रूपमा यति सुन्दर प्रस्तुति दिन सक्नु कविको विशेषता हो,’ घिमिरेले भने।

भट्टराईले वर्तमान स्थितिमा हाम्रो देश अनेक प्रकारहको विभाजन, विद्रुपता, विसंगति र विवेकहीनताले व्याप्त रहेको समयमा यी कविता यस्तो वर्तमान समाजमा केही उज्यालो र्पुयाउन सकिन्छ कि भनी चेतना-चिराग बोकेर हिँडेको कविका सन्देश जस्ता लाग्ने बताए। कवि सिटौलाले आफ्नो ब्रह्मले सिकाएको आत्मबोधका अभिव्यक्तिहरूकै बाहुल्यता पुस्तकमा समेटिएको उल्लेख गरे। पुस्तकमाथि कलाकार मनोज गजुरेललगायत अन्य व्यक्तिले पनि टिप्पणी गरेका थिए ।