• २०८२ माघ २९, बिहीबार

खुशी

ईश्वर पोखरेल

ईश्वर पोखरेल

“यो हृदमका लागि । यो पनि त्यसैलाई । यो खेलौना पनि हृदमलाई नै ।

“पैसा सबै हृदमकै लागि सक्नु भयो होइन रु जेजे ल्याउनु भयोस सबै हृदमलाई मात्रै ? उसैलाई उपरीमाथि थुपरी !! अरुलाई चै केही ल्याउनु भएन रु तपाईलाई खोई रु मलाई खोई ?
“हृदम हाम्रो छोरो । उसको खुशी नै मेरो खुशीस हाम्रो खुशी । ऊ खुशी भए तिमीलाई पुगेन रु हामीलाई पुगेन ??
बाल्यकालमा सुनेको बाबुआमाका बीचको यो सम्बाद हृदमलाई अहिले पनि याद छ ।
हृदम अहिले कमाउँछ । उसको कमाई पनि राम्रै छ ।
बरु रमेश र सान्त्वना अब वृद्धवृद्धा झै देखिन्छन् । अब उनीहरू आफै आफ्नालागि केही ल्याउनरजोर्न नसक्ने अवस्थातिर छन् । कतै जाँदा हृदमले केही ल्याई दिए उनीहरू खुशी हुँदा हुन् ।
उनीहरूको एक्लो सन्तान हो– हृदम ।

हृदम बाल्यकालको बाबुआमाका बीचको त्यही सम्बाद सम्झिन्छस ऊ त्यसैमा मख्ख छ : “हृदम खुशी भए हामीलाई पुग्छ ।


ईश्वर पोखरेल