प्रत्येक साँझले
आमाको हँसिलो अनुहारलाई
बेर्दैबेर्दै लैजान्छ
आमाको हँसिलो अनुहार
तानिरहन्छु आफूतिर
एकोहोरो टोलाइरहन्छु
आमाको सम्झनामा
रात छिप्पिँदै जान्छ
निसासिन्छु निष्पष्ट अँध्यारोमा
‘छोरी’ भन्ने आवाज सुन्न खोजिरहन्छु
त्यो आवाज शून्यताले निलिदिएजस्तो लाग्छ
आमाको आवाज रातसँगै बिलाएर गएजस्तो लाग्छ
मेरो छटपटी देखेर
रातका हातहरूले आँसुका धारा पुछिदिन्छन्
मधुरो प्रकाशमुनि राखिदिन्छन्
सुमसुम्याउँछ रातले मलाई
तिम्री आमाको आवाज
तिमीभित्र नै समेटिएको छ
तिम्री आमाको ढुकढुकी
तिमीभित्रै चलमलाइरहेको छ
तिमी त आमाकै अंश
तिम्री आमा तिमी नै भएर
यस संसारमा मुस्कुराइरहेकी छिन्
तिम्री आमा
अबदेखि तिमी भएकी छिन्
नेपाल स्थापित साहित्यकार हुन् ।
[email protected]