• २०८१ कातिर्क २१ बुधबार

‘मोहनलता विशिष्ट स्रष्टा सम्मान–२०८१’ बाह्रखरीकर्मी राजेश खनाललाई

काठमाडौं ।

‘मोहनलता विशिष्ट स्रष्टा सम्मान–२०८१’ बाह्रखरीकर्मी राजेश खनाललाई प्रदान गरिने भएको छ । नेपाली भाषा साहित्य र पत्रकारितामा योगदान दिने व्यक्तित्वलाई प्रदान गरिने यो सम्मान खनाललाई प्रदान गरिने निर्णय गरिएको हो ।

यो पुरस्कार नारी स्रष्टा समाज विराटनगरका अध्यक्ष ममता मृदुलले आफ्ना बुवा र आमाको नाममा स्थापना गरेकी हुन् । यसअघि यो सम्मान सुमन सौरभ, तुलसीहरि कोइराला र विमल वैद्यले प्राप्त गरेका थिए । पुरस्कारको राशि १५ हजार रुपैयाँ छ ।


हिजो राती

सरकार