सुबिन भट्टराईको नयाँ उपन्यास ‘इजोरिया’ बजारमा आएको छ ।किताब जात्राका अवसरमा काठमाडौंको प्रज्ञा-प्रतिष्ठान, डबलीमा शुक्रबार आयोजित विशेष कार्यक्रममा पाठकका हातबाट ‘इजोरिया’ लोकार्पण गरिएको थियो ।
कार्यक्रममा सहभागी दर्शकलाई आ-आफूले लिएका पुस्तक प्रदर्शन गर्न लगाएर पुस्तक सार्वजनिक गरिएको हो । फरक किसिमले पुस्तक लोकार्पण गर्न यस्तो शैली अपनाइएको प्रकाशक फाइन प्रिन्टले जनाएको छ । कार्यक्रममा लेखक भट्टराईसँग कवि अस्मिता गौतमले अन्तरसंवादसमेत गरिन् । साथै उक्त अवसरमा गायिका समृद्धि राईले साङ्गीतिक प्रस्तुतिसमेत दिएकी थिइन् ।