काठमाडौँ ।
काठमाडौंको प्रज्ञा प्रतिष्ठानस्थित डबलीमा आयोजित एक कार्यक्रममा अर्थशास्त्री हरि रोकाले ‘वैकल्पिक अर्थतन्त्र’ पुस्तक सार्वजनिक गरिएको छ । काठमाडौंँ विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. साहित्यकार द्वारिका श्रेष्ठ र प्रजातान्त्रिक सेनानी भोजराज भण्डारीलाई वीपी कोइराला स्मृति ट्रष्टले सोमबार पुरस्कृत गरेको छ । ट्रष्टद्वारा शितल निवासमा गरिएको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कृत गरे ।
पुरस्कृतमध्येका साहित्यकार श्रेष्ठको जन्म तनहूँमा भएको थियो । हाल उनी काठमाडौं बस्छन् । अर्का प्रजातान्त्रिक सेनानी भण्डारी कास्कीको लेखनाथ निवासी हुन् । ८० वर्षीय श्रेष्ठ समकालीन साहियत्यमा प्रयोगवादी धारका कवि मानिन्छन् । वि. स. २०११ सालमा शारदा पत्रिकामा कविता प्रकाशनबाट उनको साहित्ययात्रा सुरु भएको थियो । कवितामा आफ्नो समयको चित्रण, तथा वरिपरिका घटनाहरुलाई विभिन्न विम्बबाट शसक्त प्रस्तुत गर्न सक्ने पहिचान बनाएका छन । अर्का पुरस्कृत ९० वर्षीय भण्डारी वीपीको प्रभावबाट २००७ सालको जनक्रान्ति देखिनै प्रजातान्त्रिक आन्दोलनमा होमिएका व्यक्तित्व हुन् ।
वि. स. २०१७ सालका राजा महेन्द्रको ‘कु’ को सशक्त प्रतिरोधमा लाग्दा उनलाई तत्कालीन प्रशासनले लगातार २ वर्षसम्म बन्दी बनाएको थियो । त्यसपछिका निरंकुश कालमा पनि पटक- पटक पक्राउ र यातना भोगेका भण्डारीले पछिल्लो कालखण्डमा भने सक्रिय राजनीतिमा नलागी कांग्रेसको बिचार र नीतिसंग जोडिदै आएका थिए । वीपी कोइराला स्मृति ट्रष्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीका अनुसार वीपीका साहित्य लेखद्धारा प्राप्त हुने रोयल्टीबाट बर्षेनी साहित्य र र प्रजातान्त्रिक आन्दोलनका एकरएकजनालाई पुरस्कृत गरिँदै आएको छ ।
२०७२ सालदेखि सुरु गरिएको यो पुरस्कारको राशी साहित्य तर्फ १ लाख १ हजार रुपैयाँ रहेको छ भने सेनानी तर्फ ५१ हजार रुपैयाँ रहेको छ । अच्युत वाग्ले, योजना आयोग सदस्य गीता पौड्याल अधिकारी, नेता घनश्याम भुसाल, कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले पुस्तक सार्वजनिक गरेका थिए । रोकाले राजनीतिक व्यवस्था परिवर्तन भएपछि अर्थतन्त्रको अवस्था परिवर्तन हुन्छ र मुलुक विकासतर्फ अघि बढ्छ भनिए पनि कार्यान्वयनमा ती कुरा लागू नभएको टिप्पणी गरे । ‘सबै कुरा बहुदल आएपछि सबै ठीक हुन्छ भनियो । बहुदल आएपछि अर्थतन्त्रको व्यवस्थापन गर्ने अधिकार थोरै मान्छेको हातमा गयो,’ उनले भने । जनताबाट निर्वाचित हुनु नै दक्षिता हो भन्ने धारणाले अर्थतन्त्रको विकासमा बल नदिने उनको भनाइ थियो । पुस्तकमा १२ वटा शीर्षकमा अर्थ राजनीतिक निबन्ध समेटिएका छन् ।