कविता

काठमाडौं ।
नेपाली साहित्य, कला र संस्कृतिमा पुरयाएको योगदानको सम्मानमा संस्कृतिविद तथा लेखक प्रा. डा. बीणा पौड्याललाई ’कलिङ्ग अन्तर्राष्ट्रिय साहित्य पुरस्कार’ प्रदान गरिएको छ । भारतको भुवनेश्वर, ओडिशामा भएको १० औं कलिङ साहित्य महोत्सवको उद्घाटन समारोहमा पौराणिक लेखक पद्मविभूषण सीताकान्त महापात्रा र प्रख्यात लेखक अमिश त्रिपाठीबाट डा. बीणाले पुरस्कार ग्रहण गरेकी हुन् ।
सन् २०२४ को चारवटै कलिङ्गा साहित्य पुरस्कार महिला लेखकलाई प्रदान गरिएको कलिङ साहित्य महोत्सवका संस्थापक तथा निर्देशक रश्मी रञ्जन परीडाले जानकारी दिए । कलिङ साहित्य पुरस्कार हिन्दी उपन्यासकार नसिरा शर्मा र लक्ष्मी मुर्डेश्वर पुरी, संयुक्त राष्ट्र संघका पूर्व सहायक महासचिव, कूटनीतिज्ञ, लेखक, उपन्यासकार र संस्कृतिलाई प्रदान गरिएको छ भने युवा लेखिका राधिका अय्यङ्गरले कलिङ साहित्य पुरस्कार (युवा) प्राप्त गरेका छन् ।
ओडिसाको भुवनेश्वोरमा फेब्रुवरी (९ – ११) सम्पन्न भारतको कलिङ्गा साहित्य महोत्सवमा ६ जना नेपाली लेखक वक्ताको रुपमा सहभागी भएका थिए । महोत्सवमा नेपाली संस्कृतिविद तथा लेखक डा. बीणा पौड्याल सम्माननीय अतिथि तथा वक्ताको रुपमा सहभागी भएकी थिइन् । कार्यक्रममा प्रख्यात जनविद्वान, पूर्वअन्तर्राष्ट्रिय निजामती कर्मचारी, कूटनीतिज्ञ विश्व पराजुली, लेखिका कल्पना पराजुली, लेखक तथा कवि रञ्जना निरौला, लेखक सुमित शर्मा समीर, निर्देशक तथा लेखक सम्पदा मल्ल वक्ताका रुपमा आमन्त्रित थिए । ३ तीन दिने उक्त महोत्सवमा नेपालका लेखकहरू १२ भन्दा बढी सत्रमा सामेल भएका थिए ।