काठमाडौँ, १६ फागुन २०७८
आइतबार लेखक तथा साहित्यकार खिमानन्द आचार्यका विभिन्न विधाका चारवटा कृति एकसाथ लोकर्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले ती कृतिहरूको लोकार्पण गरेका थिए ।
‘डिभर्ना- काठमाडौँ समाज’ द्वारा आयोजित कार्यक्रममा आचार्यको कवितासङ्ग्रंह ‘आस्थाका प्रतिबिम्बनहरू’, कथासङ्ग्रह ‘पागल बस्ती’, लघुकथासङ्ग्रह ‘पश्चात्ताप’ र गीतिसङ्ग्रह ‘मनका तरङ्ग’ को विमोचन गरिएको हो ।
विगतमा गोरखापत्र संस्थानका प्रशासकीय अधिकृत रहनुभएका आचार्य संयुक्त राज्य अमेरिकामा केही वर्षको बसाइपछि साहित्यिक कोसेली लिएर हाल स्वदेश फर्किएका हुन् ।