• २०८३ भाद्र २१, आईतवार

नेपाल स्रष्टा समाजको अध्यक्षमा पुनः श्रीओम श्रेष्ठ ‘रोदन’

काठमाडौं ।

नेपाल स्रष्टा समाजको २०औँ वार्षिक साधारणसभाले साहित्यकार ८८श्रीओम श्रेष्ठ ‘रोदन’८८को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार काठमाडौंमा सम्पन्न साधारणसभाले श्रेष्ठ ‘रोदन’लाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो। त्यसैगरी उपाध्यक्षमा प्रकाश घायल, महासचिवमा मधु पाठक र कोषाध्यक्षमा तारा सुवेदी निर्विरोध निर्वाचित भएका छन् ।

कार्यसमितिको सचिव तथा चार सदस्य पदमा भने निर्वाचन भएको थियो । निर्वाचनबाट सचिवमा प्रदीप सापकोटा निर्वाचित भएका छन् । त्यस्तै सदस्यमा यादव भट्टराई, डा. शान्तिमाया गिरी, सुमन थापा ‘संगम’ र तोयानाथ गौतम निर्वाचित भएका छन् । यसअघि साधारणसभाको बन्दसत्रमा महासचिव प्रकाश घायलले संस्थाको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष तारा सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। दुवै प्रतिवेदनमाथि छलफलपछि सभाले सर्वसम्मत रूपमा पारित गरेको थियो ।

साधारणसभाले समाजको आगामी कार्यसम्बन्धी निर्वाचन कार्यविधि तथा प्रदेश समिति सञ्चालन कार्यविधिसमेत पारित गरेको छ । नवनिर्वाचित कार्यसमितिले नेपालका स्रष्टाहरूलाई संगठित गर्दै साहित्यिक सिर्जना, विमर्श तथा स्रष्टाको हितका क्षेत्रमा समाजका गतिविधिलाई थप प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ ।