• २०८१ माघ २७ आइतबार

बाल साहित्यिक कृति लन्डन लाखे लोकार्पण

काठमाडौँ ।

ओजेश सिंहद्वारा लिखित बाल साहित्यिक कृति लन्डन लाखे विमोचन गरिएको छ । शुक्रबार काठमाडौँको वसन्तपुरमा आयोजित एक कार्यक्रमका बिच काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोल, साहित्यकार मल्ल के सुन्दर, साहित्यकार राजभाइ जकमी लगायतको उपस्थितिमा पुस्तक विमोचन गरिएको हो ।

सो अवसरमा प्रमुख अतिथि उपमेयर डङ्गोलले पुस्तक नेवा संस्कृतिको रक्षाका लागि कोशेढुंगा भएको उल्लेख गरिन् । नेवार समुदायका व्याक्तिहरु कुनै पनि देश पुग्दा आफू मात्र नभएर आफ्नो कला, साहित्य र संस्कृति पनि सो राष्ट्रमा र्पुयाउने गरेको भन्दै खुसी व्यक्त गरिन् ।

त्यसैगरी विशिष्ट अतिथि लेखक तथा अभियन्ता मल्ल के सुन्दरले लाखेको बारेमा विभिन्न भ्रम छर्ने काम भएको भन्दै यो पुस्तकले उक्त भ्रम चिर्ने काम गरेको बताए । पुस्तकले विदेशमा रहेर नेपालको कला संस्कृति प्रवद्र्धन गर्दाको अनुभव पनि समेटेको उनले उल्लेख गरे ।

कार्यक्रमका अध्यक्ष स्नेह सायमीले पुस्तकले बालबालिकालाई लाखेको बारेमा जानकारी दिन पुस्तक उपयोगी हुने विश्वास व्यक्त गरे । पुस्तकलाई रातो घर फाउन्डेसनले बजारमा ल्याएको हो । लेखक ओजेश सिंह बेलायतमा बस्दै आएका छन् । बेलायतमा नेवा परम्परालाई प्रवद्र्धन गर्ने, बिस्का जात्रा र इन्द्रजात्रा जस्ता उत्सवहरू आयोजना गरेर उनले विदेशी भूमिमा नेवा परम्पराको प्रवद्र्धन गर्दै आएका छन् ।