बङलादेशको कविता

कविडाँडा साहित्य समाज चितवनले २०८० सालमा प्रकाशित आख्यानहरूको श्रेष्ठ सूची सार्वजनिक गरेको छ । कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार २०८० का लागि १० वटा किताबको उत्कृष्ट सूची सार्वजनिक गरिएको समाजका अध्यक्ष एलबी क्षेत्रीले जानकारी दिए ।
उत्कृष्ट १) मा विष्णु सापकोटाको अडिएका पाइला उपन्यास, कृष्ण गौतमको अद्वैत उपन्यास, रमेश सायनको अन्तर उपन्यास, सानु शर्माको अर्को देशमा कथासङ्ग्रह, विश्व कुइँकेलको गोपिचा उपन्यास, जीवन जीवन्तको चरैवेति उपन्यास, भक्त स्याङ्तानको डम्फुको आत्मालाप कथासङ्ग्रह, खेम बतासको बुढीपोल्ली कथासङ्ग्रह, गोविन्दप्रसाद कुसुमको भृकुटी उपन्यास र रोशन थापा निरबको सन्त्रासका साठी दिन’उपन्यास रहेका छन् ।
समाजले आइतबार सार्वजनिक गरेको बिज्ञप्तिमा भनिएको छ – कविडाँडा साहित्य समाजले प्रत्येक वर्ष प्रकाशित नेपाली आख्यान कृतिहरू मध्ये एउटा कृतिलाई प्रदान गर्दै आएको कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार (२०८०) का लागि निर्णायक मण्डलको सिफारिसका आधारमा १० वटा उत्कृष्ट आख्यान कृतिको सूची वर्णानुक्रमका आधारमा प्रकाशित गरिएको छ । यी कृतिहरूमध्ये दोस्रो चरणमा उत्कृष्ट ५ कृतिको सूची प्रकाशित गरिनेछ । ती मध्येबाट एक कृतिलाई कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार अर्पण गरिनेछ ।
पुरस्कृत आख्यानलाई आगामी कात्तिकमा चितवनमा कार्यक्रम आयोजना गरी सम्मान गरिने अध्यक्ष एलबी क्षेत्रीले बताए । पुरस्कारको राशि १ लाख २५ हजार रुपैयाँ रहेको छ । २०७५ सालबाट दिन थालिएको यो पुरस्कार पहिलोपटक महेश थापाको ‘मरिचिका’ कथासङ्ग्रहलाई दिइएको थियो । त्यसपछि २०७६ सालमा श्याम शाहको ‘पथेर’ कथासङ्ग्रह, २०७७ सालमा भुवन ढुंगानाको ‘परित्यक्ता’ उपन्यास, २०७८ सालमा लोकराज भट्टको ‘छाइल” उपन्यास र २०७० सालमा देवीप्रसाद सुवेदीको ‘मनु” उपन्यासले प्राप्त गरेका थिए ।