हिन्दी लघुकथा
काठमाडौं ।
गायक एवं संगीतकार बाबुल गिरीको स्वरमा रहेको नयाँ गीत ‘जिन्दगीको सर्को’ सार्वजनिक भएको छ । लक्ष्मण सिटौलाको शब्द तथा संगीतमा रहेको यस गीतले आँसु, जीवन, सपनाको बखान गर्छ । लिरिकल भिडिओ संगीतकार सिटौलाको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
सिटौलाका अनुसार यो गीत गायक बाबुलले अलि पहिला नै गाइसकेको भएपनि हालै तयार गरेर रिलिज गरिएको हो। सिटौला सूत्र न्युजका सम्पादक समेत हुन् ।
यस्ता छन् गीतका शब्दहरू:
आँसुले नै पखालेको परेलीको धर्को
सकिँदै छ तान्दातान्दै जिन्दगीको सर्को ।
जति हिँड्यो टाढा भाग्छ पुग्नुपर्ने ठाउँ
बरु सधैं छातीमा छ मेरो आफ्नै गाउँ
आइरहन्छ निदरीमा सपनीको लर्को
सकिँदै छ तान्दातान्दै जिन्दगीको सर्को ।
जति भरूँ भरिँदैन मनको प्यासी दह
जति भनूँ सकिँदैन हृदयको बह
किन होला मुटु सधैं मान्छ झर्को फर्को
सकिँदै छ तान्दातान्दै जिन्दगीको सर्को ।
