• २०८१ मंसिर १७ सोमबार

चारूशिला वाङमय प्रतिष्ठान’द्वारा विभिन्न पुरस्कारहरू अर्पण

काठमाडौं, १५ अषाढ २०८१ ।

कवि तथा साहित्यकार चारुशिला मिश्रले स्थापना गर्नु भएको ‘चारूशिला वाङमय प्रतिष्ठान‘द्वारा पद्मकन्या क्याम्पसको डेनिस हलमा आयोजित एक कार्यक्रममा चारूशिला वाङमय प्रतिष्ठानद्वारा स्थापित २०७९/८० सालका विभिन्न पुरस्कार तथा सम्मानहरू अर्पण गरिएका छन् । चारुशिला वाङ्गमय प्रतिष्ठानका पुरस्कार तथा सम्मानहरू साहित्य, शिक्षा तथा संस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पुर्याएका प्रतिभावान व्यक्तिहरूलाई कदर सम्मान गर्ने र प्रतिभाशाली युवाहरूलाई प्रोत्साहन गर्ने उधेस्य अनुरुप २०७१ सालमा स्थापना गरिएका हुन् ।

कार्यक्रम चारुशिला वांगमय प्रतिष्ठानका अधक्ष डा शैलेंदुप्रकाश नेपालको सभापतित्वमा सम्पन्न गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि डा. तुलसीप्रसाद भट्टराइ रहनुभएको थियो । पुरस्कृत तथा सम्मानित व्यक्तित्वहरू लाई प्रमुख अतिथि, सभाध्यक्ष तथा वांगमयका कोषाध्यक्ष सुदिप कुमार सुवेदीले संयुक्त रुपमा माला, सम्मानपत्र र नगद प्रदान गर्नु भएको थियो । पुरस्कृत व्यक्तित्वहरूमा डा. सत्यराज थपलिया, हिरण्यकुमारी पाठक, संस्कृत मावि पोखरा, डा. विष्णुकुमार खत्री, ममता मृदुल, अर्चितबाबु मर्सिफुल, प्रतिष्ठा के.सी, शाशीप्रसाद बजगाईं, गीताश्री शर्मा, श्री वसन्तऋतु मावि , यशु श्रेष्ठ, तारा के.सी , आर्या पण्डित र पुष्पा महत रहनु भएको थियो । कार्यक्रममा सिक्किमका साहित्यकार पुण्यप्रसाद शर्मा, संस्थानका सदस्य जयदेव भट्टराईलगायत धेरै कवि, साहित्यकार तथा पत्रकारको उपस्थिति रहेको थियो ।

पुरस्कृत व्यक्तिहरूको बारेमा अध्यक्ष डा. शैलेंदुप्रकाश नेपालले प्रकाश पार्नुभएको थियो । कार्यक्रमलाई स्वागत संस्थाकी उपाध्यक्ष रन्जना निरौलाले गर्नु भएको थियो । कार्यक्रम संचालन संस्थाकी सचिव अनुपमा रेग्मीले गर्नु भएको थियो । चारुशिला पुरस्कारको राशी ५००००/- पचास हजार, चारुशिला प्रतिभा पुरास्कारको राशि ३००००/- तीस हजार, विश्वराज पुरस्कार राशि ५००००/- पचास हजारको रहेको छ भने विश्वराज बाल प्रतिभा पुरस्कार १५०००/- पन्द्र हजारको रहेको छ । ‘चारूशिला वाङमय प्रतिष्ठानकी संस्थापक, कवि तथा साहित्यकार चारुशिला मिश्र हाल अमेरिकामा रहनु भएकोले कार्यक्रमबाट वहाँलाइ ससम्मान सम्झना गरिएको तथा सुस्वास्थ्य दिर्घायुको कामना गरिएको थियो ।