आख्यान विधामा निरन्तर प्रयोगपरक शैलीमा लेखन गर्ने साहित्यकार रोशन थापा ‘नीरव’को नवीनतम औपन्यासिक कृति ‘सन्त्रासका साठी दिन’ शिखा बुक्स, काठमाडौंले प्रकाशनमा ल्याएको छ ।
लेखकले यस कृतिमा देशमा भएका अधिकांश सहकारी संस्थाको अवस्था संकटग्रस्त भएको विषयलाई लिएर यसो हुनाको खास कारण के हो र यसबाट सामान्यभन्दा सामान्य नागरिकले कसरी कठिनाइ भोग्नुपरेको छ भन्ने कथावस्तुलाई विषय बनाएर लेखेका छन् ।
यस उपन्यासमा हाल नेपालमा भइरहेको सहकारी संकट, संकट आउनाको कारण आर्थिक अपचलन भएको अनि आर्थिक लोभ र लाभको सम्मिश्रणले निम्त्याएको जटिल समस्यालाई प्रतीकीकरण गर्दै त्यस्तो समस्याले गर्दा उत्पन्न जटिलताबाट सामान्य नागरिकको जीवनमाथि परेको त्रास एवं कष्टकर अवस्थालाई प्रयोगपरक शैलीमा रोचक ढंगमा कथानक बनाई प्रस्तुत गरिएको छ ।