समाचार

छ
सधैँ
क्षितिज
एकै ठाउँ
अविचलित
नियाली रहन्छ
मानव चर्तिकला
लुटिएको छ अस्तित्व
दर्साउँछिन् संयम शक्ति
गर्दिनन् विरोध धर्तीआमा
सधैँ बन्छिन् उदाहरण
छर्दछिन् शिक्षाको बिउ
छद्मभेषी मानव
बनेछन् दानव
सोच्छु मनमा
सहिष्णुता
धर्तीमा
कति
छ !
गीताश्री शर्मा