• २०८१ जेठ ११ शुक्रबार

‘फर्किन्छु जन्मघर’ विमोचन

काठमाडौँ/२२ चैत २०७८

गल्याङ, स्याङ्जा गल्याङस्थित जगत्रदेवी साहित्य सङ्गम गल्याङले शनिवारएक बृहत् साहित्यिक कार्यक्रम सुसम्पन्न गरेको छ । गल्याङ– ११ जिमुहास्थित गल्कोट मा. वि. को प्राङ्गणमा आयोजना गरिएको उक्त कार्यक्रम सङ्गमका अध्यक्ष सूर्यप्रसाद डुम्रेको अध्यक्षता, डा. घनश्याम परिश्रमीको प्रमुख आतिथ्यता, डा. श्यामप्रसाद न्यौपानेको विशिष्ट आतिथ्यतामा सुसम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा लेखनाथ काफ्ले, अनन्तराज अर्याल, हरिप्रसाद भट्टराई, लीलावल्लभ अर्याल, नूरप्रसाद डुम्रे, आरती डुम्रे, डिल्लीराम अधिकारी, नारायण बि. क. लगायत दुई दर्जनबढी साहित्कारहरूले रचना वाचन गरेका थिए । उक्त कार्यक्रममा सङ्गमका अध्यक्ष सूर्यप्रसाद डुम्रेको पाँचौं कृति ‘फर्किन्छु जन्मघर’ विमोचनसमेत भएको उक्त कार्यक्रममा सङ्गमका उपाध्यक्ष नारायणप्रसाद ज्ञवालीको स्वागत भाषण गरेका थिए ।