रम्बास कविता
कसैको उपहास गर्दिन, छेड हान्दिन
हरविषयमा षड्यन्त्र हुन्छ भन्ने मान्दिन
निष्कपट स्वभाव छ, सरल छु, सोझो छु
राजनीतिक कम्पास हेर्न पनि जान्दिन ।
यो भौतिक वस्तु होइन, अमूर्त हो, मन हो
निश्छलता, असीम सुख र आत्माको धन हो
आफूलाई जलाई अरूलाई प्रकाश दिने–
प्रेम, निस्वार्थ भावनाको त्यो उज्यालो पन हो ।
उ समान उनका नाति छन्
अर्का पनि बेस छन्, जाती छन्
उन्लाई मान्ने कि ? यिन्लाई छान्ने ?
उ भन्दा यी अलि इस्पाती छन् ।
कर्तव्य पालनमा झोज नठान्ने सोच चाहिँदो रहेछ
सामाजिक ओज जस्को उच्च छ उस्को गीत गाइदो रहेछ
हामीले आफ्नै मनलाई शान्त हुन दिदैनौ र पो यहाँ
मनको बोझ हटेमा मात्र जीवनको आनन्द पाइदो रहेछ ।
तीर्थ अधिकारी