समाचार

जता हेर्यो त्यतै सुन्दरता देख्छु म ।
हिउँमा । हिमालमा । पहाडमा । बादलमा ।
फक्रेका फूलमा । सुकेका पातमा । पुतलीमा ।
मौरीमा । महमा ।
नदीमा । कलकल पानीमा । शब्द र सङ्गीतमा ।
अपार सुन्दरता । असमाप्त अविरल सुन्दरता ।।
तर अनिश्चयहरू छन् यथावत् ।
सन्देह र शङ्काहरू छन् जताततै ।
भ्रम र भडखालाहरू छन् यत्रतत्र ।
क्रूर युद्ध र नृशंस महामारी छन् अझै ।
ज्यानमारा भुइँचालो र
सुख खोस्ने सुनामीहरू छन् कुटिल ।
यति धेरै कुरूपताहरूमाझ पनि
सुरक्षित छ सुन्दरता ।
सुरक्षित छ सुन्दरता देख्ने मेरो दृष्टि ।।
(श्रेष्ठ स्थापित साहित्यकार हुन्।)
[email protected]