• २०८१ भाद्र २७ बिहीबार

किन गछ्र्यौ

प्रथा

प्रथा

आँसुको त्यो मोल मेटी, मनको कुरा किन गछ्र्यौ
पसिनाको सुगन्ध भुली, धनको कुरा किन गछ्र्यौ ?

जिउनलाई त यसै जिउँछ, जिन्दगी यो कसै गरी
पिरतीको छक्का छोडी, रनको कुरा किन गछ्र्यौ ?

फूलको रङ जीवनभरि,फुल्छ जीवन फूलैसरि
सलाई कोरी वसन्तमा, वनको कुरा किन गछ्र्यौ ?

स्वार्थको यो तलाउमा, गहिराई देख्ने को नै छ र !
अनन्त खुसी बिर्सिएर, टनको कुरा किन गछ्र्यौ ?

रूप आफ्नै धूप आफ्नै, जिन्दगीको सोह्रै बाना
आकार फेरि बिगारेर, घनको कुरा किन गछ्र्यौ ?

मूर्दा बनी जल्नु नै छ, एक दिन सबै चितामाथि
हृदयको सङ्गीत तोडी, तनको कुरा किन गछ्र्यौ ?


(प्रथा चर्चित कवि हुन् ।)
[email protected]