समाचार

आयो आयो बिहानी आयो दिल खोली हाँस्नुपर्छ
आधा आकाश हौ तिमी अब पोथी बास्नुपर्छ
माटोको भर ढुङ्गा भन्छन् ढुङ्गाको भर माटो
रथका दुई पाङ्ग्रा हिँड्नुपर्छ सँगसँगै बाटो
आयो आयो जुनेली आयो मन खोली नाच्नुपर्छ
आधा आकाश हौ तिमी अब पोथी बास्नुपर्छ
घामको साथ जून भन्छन् जूनको साथ घाम
सिक्काका दुई पाटा हुनुपर्छ उस्तैउस्तै काम
आयो आयो उजेली आयो चित्त खोली बाँच्नुपर्छ
आधा आकाश हौ तिमी अब पोथी बास्नुपर्छ ।
डम्बर बिकेल