• २०८१ पौष २९ सोमबार

भाषाविद् पोखरेलको स्मृतिग्रन्थ र ऐतिहासिक विराटनगर प्रकाशित

काठमाडौँ/१५ चैत २०७८

विराटनगर महानगरपालिकाले ‘ऐतिहासिक विराटनगर’ र ‘प्रा. बालकृष्ण पोखरेल स्मृतिग्रन्थ’ पुस्तक प्रकाशित गरेको छ । महानगरले सोमबार आयोजना गरेको कार्यक्रममा प्रा. डा. गोपाल भण्डारीलगायतले दुवै पुस्तक विमोचन गरेका हुन् ।

‘ऐतिहासिक विराटनगर’ को लेखन र सम्पादन समालोचक दधिराज सुवेदीले तथा ‘बालकृष्ण पोखरेल स्मृतिग्रन्थ’ विवश पोखरेलले सम्पादन गरेका हुन् ।
समालोचक सुवेदीले ‘ऐतिहासिक विराटनगर’मा विराटनगरको परिचय, सेनवंशी शासन, भेडियारी र विराटराजाको दरबार, विराटनगरको नामकरण र विराटनगरको ऐतिहासिकता बारेमा उल्लेख छ ।

यसका साथै विराटनगरमा भाषा- साहित्य, ऐतिहासिक विद्यालय, राजनीति, धर्म, संस्कृति, उद्योग, कला, खेलकुदलगायत क्षेत्रमा भए गरेका विकास र इतिहासको बारेमा उल्लेख छ ।

यस्तै, ‘बालकृष्ण पोखरेल स्मृतिग्रन्थ’मा बालकृष्ण पोखरेलको बारेमा विभिन्न व्यक्तिहरूले लेखेका रचनासङ्ग्रह गरेर प्रकाशित गरिएको छ ।