• २०८० असोज ९ मङ्गलबार

आत्मकथा ‘निष्ठाको यात्रा’लोकार्पण

काठमाडौँ । नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष डा. दीपकप्रकाश बास्कोटाको आत्मकथा ‘निष्ठाको यात्रा’ लोकार्पण भएको छ । कार्यक्रममा नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह के.सी.ले डा. बास्कोटाको जीवन बहुआयामिक, ऊर्जावान्, हरेक क्षेत्रमा सक्रिय र लगनका साथ कामगर्ने व्यक्तित्वको पहिचान रहेको उल्लेख गर्नुभयो । उहाँले डा. बास्कोटाले राजनीति, समाजसेवा, सामाजिक, धार्मिक सबै आयाममा सफल व्यक्तित्वका रूपमा आफूलाई उभ्याउन सक्नुमा निष्ठापूर्वक काम गरेरै हो’ भन्नुभयो ।

लेखक डा. बास्कोटाले भन्नुभयो, “यस पुस्तकमा मेरो जीवनको अर्धशतकीय कर्म विवरण झल्किनुका साथै कर्मशील जीवन-यात्रामा बेहोरेका बाधा-व्यवधान, सफलताको सङ्क्षिप्त रूपमा उतारेर यसलाई पाठकसामु अर्पण गरेको छु।”

नेपाली कांग्रेसका पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाप्रति समर्पित निष्ठाको यात्रामा डा. बास्कोटाको जन्म, शिक्षा, राजनीति देखि कञ्चनजङ्घा टी–स्टेटको सुरुवात, सहकारी आन्दोलन र अध्यात्मको प्रारम्भसम्मका आरोह- अवरोह समेटिएका छन् ।