• २०८१ असार ११ सोमबार

बिहान

ओक्ताविओ पाज

ओक्ताविओ पाज

चिसा हातहरूले
एकएक गरी
फटाफट खोल्छन्
अँध्यारोका पट्टीहरू

म खोल्छु
आफ्ना आँखा

अहिलेसम्म
म बाँचेकै छु
त्यस घाऊ भित्र
जुन अझै आलै छ ।

अनुवाद: राजेन्द्र शलभ