गरिवीको रेखामुनि रहेको त्यो गाउँको कथा हो यो । ममता, जनक, कृष्ण, सुनिता, रेखा, केशव, आदिको नाम विद्यालयमा धेरै सुनिने नाम हुन् ।
हेड सरले एक होनहार प्रतिभा सुनिलको बारेमा बताउनु भयो । ममताले टिप्पणी गर्दै भनिन् ‘कृष्ण पनि त राम्रा छन् नि किन भन्नु भएन सर ?’
कृष्ण अब्बल दर्जाको विद्यार्थी हो तर ऊ आफ्नो परिचय झुपडीमा रहेर गर्न सक्ने छैन् । सुनील हुनेखाने परिवारको छ । यो विद्यालयको स्थापना पनि उसैका हजुरबुबाले गर्नु भएको हो बुझ्यौ ।
समय बित्दै गयो । दुबै समकालीन थिए । सुनील र कृष्ण अब्बल दर्जाका विद्यार्थी थिए । सुनील एक अनुशासित विद्यार्थी भएर पनि कहिले काँही कृष्णको बारेमा कमजोरी देखाउँथ्यो ।
कृष्णको बाबा आफ्नो छोराको राम्रो पढाईको लागि आर्थिक सहयोग लिन एकदिन सुनीलको घरमा जान्छन् । सुनीलका बाबा शेखर तमाखु खाई रहेका थिए । गाउँका विद्यालयमा उनको हैकम चल्थ्यो । आफ्ना छोरा छोरीको पढाईका लागि त्यहि स्कूलका शिक्षकलाई ट्युशन दिलाएका हुन्थे । जे होस् हरेक आमाबाबु आफ्ना सन्तानको निम्ति होशियार थिए ।
कृष्णको बुबाले अनुनय बिनय गर्दै भने हजुर कृष्णलाई अब शहर तिर पठाउनु पर्ने भयोे केही ऋण दिनु हुन्छ कि ?
हुन्छ तर कसरी तिर्छौं कहिले फिर्ता गर्न सक्छौं हिरालाल ? ल लैजाऊ कति चाहिएको हो ? तम्सुक त बनाउनु पर्यो नि होइन ।
हिरालाल ले ऋण लिएर कृष्णलाई शहर पठाए । रातभरि बाबु छोराको कुराकानी भयो । ऊ पनि आफ्नो उच्च अध्ययनको लागि संघर्षशील रह्यो ।
गरिवीको कारण बाबुको मलिन अनुहार सम्झेर ऊ सोची रहन्थ्यो । आमाको प्यारो आत्मिय स्नेहले झस्काई दिन्थ्यो । पढाइ र डेरा खर्चको लागि ऊ होटलमा वेटरको काम गरेको थियो ।
हुने बिरुवाको चिल्लो पात भने झैँ उसले आफ्नो बाबाको सपना बोकेर आएको थियो पूरा गर्यो । जब ऊ आफ्नो घर नजीक पुग्यो त्यो झुपडीको ठाउँमा शानदार महल बनेको थियो । उसले विश्वास नै गर्न सकेन एकछिन । ऊ नजीक पसलमा गएर यसको बारेमा चासो लियो तव जमीन भासिएको अनुभव गर्यो ।
पल्लो गाउँमा अवस्थित एउटा पसलमा पुग्यो । पुर्लुक्क हेर्यो पसलमा आफ्नै बाबालाई देख्यो । हिरालाल अर्कै अपरिचित व्यक्ति सङ्ग कुरा गरिरहेका थिए ।
धेरैसमय पछि ऊ डाक्टर बनेर फर्केको थियो । आज ऊ जन्मेको गाउँको नयाँ अस्पतालमा नियुक्ति पाएको थियो ।
नयाँ अस्पतालको उदघाटन कार्यक्रममा उपस्थित भएका जनताहरु नयाँ डाक्टर साहेब को होला कस्तो होलान् ? सोचिरहेका थिए । अचानक हिरालाल र नयाँ डाक्टर साहेब कृष्णलाई देखेर सबै अचम्भित थिए ।
सुनिल पहिलो बिरामी थियो । ऊ सडक दुर्घटनामा परेको थियो । उसलाई हतार हतार स्टेचरमा राखिएको थियो । सुनीलले पुर्लुक हेर्यो त्यो आफनै स्कूलको समकालीन साथी थियो । नयाँ डाक्टर कृष्णलाई हेर्यो । ऊ आफ्नो विगतका कुरा सम्झियो । उसको बाबुले हडपेको झुपडी सम्झियो । कृष्णले सुनीललाई सम्झाउँदै भन्यो’ खै तिम्रो बाबा तिम्लाई रगतको खाँचो छ ?’
अंकल नमस्कार चिन्नु भयो मलाई ?
जे होस् हजुरको सहयोगले यहाँसम्म पुगेको हुँ
बाबू मलाई माफ गर म पापी हुँ । हिरालालसँग झुक्दै भाई तिमीलाई ठूलो अन्याय गरेँ बल्ल आँखा खुल्यो । तमसुक अझैं उनको कोटको देब्रे पाकेटमा थियो अझै च्यातिएको थिएन ।
अस्पतालमा अचानक ममताले हेडसरलाई भेटेर भनिन् ‘देख्नु भो सर पालो सबैको आउँछ”
हेडसर नाजवाफ थिए ।
मनको गहिराइमा लागेको चोटले दुखाई रहँदो रहेछ ।
मोहन आचार्य ‘जलद’ लन्डन बेलायत
[email protected]