• २०८२ आश्विन २८, मंगलवार

राष्ट्रिय हाइकु महोत्सव – २०८० सम्पन्न

नेपालका सम्पूर्ण हाइकु कविहरूको साझा सङ्गठन नेपाल हाइकु सङ्घ केन्द्रीय समितिले राष्ट्रिय हाइकु महोत्सव-२०८० तथा हाइकु सम्मानको आयोजना गरेक‍ो थियो । यस महोत्सवका प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गर्दै निबन्धकार शङ्कर लामिछानेद्वारा रचित

माकुरा जाल
झोलिएको ओसले
तन्किँदै गयो हाइकु वाचन गरेर राष्ट्रिय हाइकु महोत्सव-२०८०को उदघाटन गर्नुभएको थियो ।

यस अवसरमा नेपाली हाइकु कवितामा विशेष योगदान पुर्याउनु हुने १५ जना वरिष्ठ हाइकुकारहरू भीम उदास, तीर्थराज वन्त, मोहन दुवाल, मोहनबहादुर कायस्थ, विष्णुबहादुर सिंह, धर्मेन्द्र विह्वल, डा. बमबहादुर थापा जिताली डा. सुकुम शर्मा, डा. उषा श्रेष्ठ, रत्नप्रसाद अनामणि श्रेष्ठ, जीवन सुवेदी, सुरेन्द्र महर्जन अमरु, दिल पौडेल, रेणुका भट्टराई र मनोज न्यौपानेलगायत हाइकु सम्मान -२०८० द्वारा सम्मानित हुनुभएको थियो ।