• २०८२ आश्विन २२, बुधबार

अनेसास जर्मनी च्याप्टरको साहित्यिक विमर्श कार्यक्रम सम्पन्न

काठमाडौं ।

‘जर्मनीमा नेपाली साहित्यको इतिहास, वर्तमान र भविष्य’ विषयक साहित्यिक विमर्शको आयोजन गरियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), जर्मनी च्याप्टरद्वारा साहित्यिक कार्यक्रम गरिएको हो ।

जर्मनीको स्टुटगार्टमा आयोजित विमर्शमा त्यहाँको साहित्यिक इतिहासबारे खड्ग न्यौपानेले स्पष्ट पारेका थिए । कार्यक्रममा कवि एवं गीतकार सागर फुयाल, कवि लीलाराज कार्की र उपन्यासकार सुमन सिंखडाले कृति प्रकाशनबारे अनुभव सुनाएका थिए ।