• २०८१ मंसिर २८ शुक्रबार

कविता

लोक जोशी

लोक जोशी

हिँड्दै छु
भिड्दै छु
निरन्तर यात्रा चलिरहेछ
समेट्दैछु यो निलो आकाशसरि
छरिएका सपनाहरू,
केही यस्तो पनि हुँदैछ
म आफू हुँदा आफू नभएको जस्तो
म आफू भएरै पनि हराए जस्तो
लड्दै छु यो युद्धभुमिमा
जहाँ असत्य लुकाउन अर्को असत्य बोल्नु पर्छ
जहाँ सत्य पर्दा पछाडी बसेर रंगमन्चमा जिन्दगिको नाटक खेल्दैछ,
घरी कर्णसरि चाहना नहुदाँ पनि अधर्म गर्न पुग्छु
घरी रामसरि मर्यादामा बस्न सिक्छु,
म सफलताको खोजिमा बनबास बसिरहेको मान्छे ।


लोकजोशी