• २०८१ फागुन ६ मङ्गलबार

शर्मा, राउत र लुइँटेललाई प्रतिभा पुरस्कार प्रदान

झापा —

लाल-भागिरथा बानियाँ प्रतिष्ठान झापाले विभिन्न विधाका तीन जनालाई बुधबार प्रतिभा पुरस्कार प्रदान गरेको छ ।

प्रतिष्ठानले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर प्रा.डा. सन्जिव शर्मालाई उत्कृष्ट प्रतिभा पुरस्कार प्रदान ग¥यो । त्यस्तै उत्कृष्ट कृषि पुरस्कारबाट मेचीनगर-५ का किसान बद्री राउत र उत्कृष्ट गृहिणीको पुरस्कार विर्तामोड-४ की हिमा लुइँटेललाई सम्मान गरियो । तीनै प्रतिभालाई संघीय संसद्का सभामुख देवराज घिमिरेले सम्मान गरेका हुन् ।

प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँका अनुसार २०७६ सालमा स्थापित प्रतिष्ठानले १० लाखको अक्षय कोष निर्माण गरी हरेक वर्ष कला, साहित्य, पत्रकारिता, स्वास्थ्य, विज्ञान प्रविधि, कृषिलगायत विधाका प्रतिभालाई जनही ३१ हजार नगदसहित पुरस्कृत गर्दै आएको छ ।