• २०८१ चैत ७ शुक्रबार

मलाई ढुङ्गा बन्ने मन छ

कैलासकुमार पाण्डेय

कैलासकुमार पाण्डेय

बगर होस् वा पहाड
मौन बसेको ढुङ्गा
घर भित्र पनि काम आउने
घर बाहिर पनि काम आउने
मलाई ढुङ्गा बन्ने मन छ
किनकि
ढुङ्गाहरू
खोलामा बग्दै बगरमा लछारिंदा पनि
मुस्कुराउँछन्
कालिगडले छिनोले काटदै
हतोडाले हिर्काउदा पनि मुस्कुराउँछन्
भगवान बनाइ मन्दिरमा सजाउँदा पनि
मुस्कुराउँछन्
काटदै,टुटाउदै,फुटाउदै,गारो जोडेर
सुन्दर घरसंग पनि मुस्कुराउँछन्
कठोर छ र मेरो रोजाईमा परयो
दील टुटै पत्थर फुटै भन्छन
स्थिर छ र मेरो रोजाईमा परयो
ईटको जवाफ दिन पनि
ईटका जवाफ पत्थर से
मेरो रोजाईमा प¥यो
ढुङ्गहरू
कहिल्यै आफैं एक आपसमा भिडदैनन्
कहिल्यै रिसाउँदैनन्
कहिल्यै गुनासो गर्दैनन्
कहिल्यै अभिमान गर्दैनन्
कहिल्यै अर्काको चुकिली गर्दैनन
सधैं एकनास खुसी रहन्छन्
त्यसैले
मलाई ढुङ्गा बन्ने मन छ


कैलासकुमार पाण्डेय
परशुराम १२ डडेल्धुरा