• २०८१ माघ १ मङ्गलबार

गीत

 गोपालकुमार मैनाली

गोपालकुमार मैनाली

ओठ चोसो पार्यौ, घोप्टे अनुहार लायौ ।
घुर्कीलाई नबोलेर, भुईं कोट्याई रह्यौ ।
सांचै चित्त केमा दुख्यो ? कि मन दुखे जस्तो गर्यौ ?

मन्दिर घुम्ने भनेकै छु,सपिङ्ग जाने सोचेकै छु
फेवातालमा डुङ्गा चढाइ,बन्जी लान्छु भनेकै छु ।

पिलपिल आँसु झार्यौ, कान रातै पार्यौ
गाला पुक्क पारी, छड्के आँखा तर्यौ
साँच्चै तिमी रिसायौ कि, रिसाएको नाटक गर्यौ ?

आउ भन्छु पछि सर्यौ, गोडा थाके जस्तो गर्यौ
साथ दिन्छु संधै भन्थ्यौ, आजकिन हिम्मत हार्यौ ?

कसैले केही सुनायो कि, शंका लाग्ने कुरा भन्यो
साँचो कुरा मनमा लुकाइ, बाहिर अर्कै ढर्रा गर्यौ
साँच्चै तिमी रोयौ कि त, देखाउन आँसु झार्यौ ?

जन्ती ल्याउँछु भनेकै छु, सिंदुर पोते किनेकै छु
ढोगभेटमा लानेकुरा, पोकोपारी राखेको छु ।


गोपालकुमार मैनाली