• २०८१ भाद्र २७ बिहीबार

अस्तित्व

अनुप्रिया

अनुप्रिया

जब हुन्छु पखेटा
उड्छौ समाएर मलाई
नीलो अनन्तमा
जब
हुन्छु कल्पना
आफ्ना आँखामा सजाउँछौ
जब
हुन्छु थोपा
सागर भएर समेट्र्छौ
आफ्नो अँगालोमा
जब
हुन्छु बिहान
बिछ्याइदिन्छौ मुस्काइरहेका फूलहरू
मेरो अँजुलीभरि
तर जब हुन्छु म
आफ्नो अस्तित्व
चुँडाइदिन्छौ
म बाट
अस्तित्वका सारा सम्बन्धहरू…।

अनुवाद: रमण घिमिरे