काठमाडौँ ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रा.डा. अरुण गुप्तोको संस्कृति दर्शनसम्बन्धी निबन्ध सङ्ग्रह ‘संस्कृति चिन्तन’ सार्वजनिक गरिएको छ । लेखक तथा प्राध्यापकहरू अभि सुवेदी र सञ्जीव उप्रेती तथा समालोचक एवं निबन्धकार कुमारी लामाले किताब सार्वजनिक गर्नुभएको थियो ।
कार्यक्रममा लेखक सुवेदीलाई निबन्धकार÷पत्रकार दीपक सापकोटाले ‘पहिलेको काठमाडौँ र अहिलेको काठमाडौँ बीचको अन्तर’बारे सोधेको प्रश्नमा उहाँले पहिलेको काठमाडौँ लुप्त भइसकेको, तर अन्तरङ्गमा भने त्यो जीवितै रहेको तथाा यहाँका चलन, सांस्कृतिक जात्रा, परिकारलगायतले त्यो संस्कृतिलाई जीवन्त राखेको वहाँको भनाइ थियो । संस्कृतिको ‘टाइम फ्रेम’नहुने विश्वास गर्ने वहाँले पहिरन, संरचना, बनावट, रङ, ध्वनि र कालिक चेतनामा संस्कृति बाँचिरहने धारणा राख्नुभएको थियो ।
यसैगरी उप्रेतीले नेपाल जस्तो बहु सांस्कृतिक देशमा राष्ट्रिय संस्कृतिको मानक के हुन्छ भनेर सापकोटाले सोधेको प्रश्नमा एक घटनाको उदाहरण दिँदै ‘जनकपुरमा पढ्ने एक विद्यार्थीले शिक्षकलाई सोधेछन– राष्ट्रिय फूल लालीगुराँस कस्तो हुन्छ ? जवाफमा शिक्षकले भने– गुराँस गुलाफजस्तै एक प्रकारको फूल हो, तर त्यसमा गुलाफको बास्ना हुँदैन ।’ उप्रेतीले राज्यले खस संस्कृतिलाई राष्ट्रिय संस्कृति भनेर स्थापित गर्नु गम्भीर त्रुटि भएको आशय व्यक्त गर्नुभएको थियो ।समृद्धि कसका लागि? समृद्धिसँग विकास जोडिएको हुन्छ, विकास कसका लागि? जिडिपी बढ्नुलाई मात्रै विकास मान्ने कि ह्याप्पिनेसलाई ?’ बहु सांस्कृतिक संस्कृति नै नेपालको भविष्य हुनुपर्ने वहाँको तर्क थियो ।
समालोचक लामाले सहर परिवर्तनशील भएको, तर स्मार्ट सहर नभई सांस्कृतिक सहर निर्माण गर्नुपर्ने बताउन’श भयो । लेखक गुप्तोले संस्कृतिसँग जोडिएको पर्यावरण चेतनालाई पनि पुस्तकमा उठान गरेको तथा पुस्तकमा लेखकको आफ्नै शैली छ, चिन्तनको गहनता छ,’वहाँले भन्नुभयो । कृतिबारे संस्कृति चिन्तक तथा अध्येता गुप्तोको नेपाली भाषामा प्रकाशित पहिलो पुस्तक ‘संस्कृति चिन्तन’लाई इन्डिगो इन्कले प्रकाशन गरेको हो ।