• २०८१ मंसिर १७ सोमबार

अरुणबहादुर खत्री नदीका दुई लघुकथा

अरुणबहादुर खत्री“नदी”

अरुणबहादुर खत्री“नदी”

साझा बस

बुुढानिलकण्ठसम्म पुग्नु पर्ने भएकोले म लैनचौरमा पुगेर लगनखेलदेखि बुढानिलकण्ठ जाने साझा यातायातको बसभित्र पसे । बसभित्र पसेपछि खाली सिटमा बसे । म बसेको सिटसँगैको खाली सिटमा एकजना महिला आएर बसिन् । महिलाले म तिर फर्केर हेरिन् । मैले पनि ति महिलातिर फर्केर हेरे । महिलाले म सँग सोधिन् “दाइ कहाँसम्म जान लाग्नु भएको नि ?” मैले “बुढानिलकण्ठसम्म जान लागेको” भनी उत्तर दिए । “बहिनी कहाँसम्म जान लागेको हो नि ?” मैले सोध्न पुगे । “म पनि दाई बुढानिलकण्ठ मन्दिरको दर्शन गर्न जान लागेको हुँ दाई” उनले भनिन् ।

बसको खलासीले यात्रुहरुसँग पैसा उठाउँदै आयो । ति महिलाले आफ्नो ब्याग खोलेर पैसा दिइन् मैले पनि आफ्नो पर्सबाट पैसा निकालेर खलासीलाई दिए । महिलाले हामी दुबैजनाको पैसा तिरेको भए मैले आफ्नो पैसा तिर्नै पर्ने थिएन मेरो पैसा तिरिन् कि तिरिनन् होला मैले मनमनै सोच्नपुगे ।बुढानिलकण्ठ पुगेपछि हामी दुबैजना सँगै बसबाट बाहिर निस्कियौ । बसबाट बाहिर निस्केपछि एकजना  केटा मान्छे ति महिलाको प्रतिक्षामा उभिरहेको देख्न पुगे । त्यो उभिरहेको केटा मान्छेसँग भेट भएपछि “म लाग्छु है दाइ अब पछि भेटौला नि”भनेर ति महिला आफ्नो बाटो लागिन् । म पनि आफ्नो बाटो लागे ।

जाली

हाम्रो घर नजिकै नयाँ घर बनाउँँदै गरेकी माया दिदीले केहीदिन हाम्रो घरको पानी बिजुली लगाएर  लगिन् । हाम्रो घरमा राखेको त्रिपाल पनि लगेर प्रयोग गरिन् । केही समयपछि हाम्रो घरमा बालुवा चाल्न पर्दा बालुवा चाल्ने जाली त्यही दिदीको घरबाहिर देख्न पुगे । जाली देखेपछि छिमेकी घरकी दिदीसँग आदर गर्दै “दिदी बालुवा चाल्ने जाली मलाई बढीमा आधा घण्टाको लागिदिनु होला”भनेर मागे ।

त्यो छिमेकी घरकी दिदीले “म तपाईलाई मेरो बालुवा चाल्ने जाली दिन्न” भनिन् । “तपाईले मेरो घरबाट तपाईको घर बनाउन सुरु गर्दा विजुली लगाएर पानी लैजानु भएको र पानी पर्दा त्रिपाल लैजानु भएकोे बिर्सनु भयो कि क्या हो ?” मैले भने । “मैले तपाईको घरबाट पानी र त्रिपाल लगेकै छैन” उनले भनिन् । “दिदी तपाई अहिले सपनामा त हुनुहुँँदैन” मैले भने ।


अरुणबहादुर खत्री“नदी”
बूढानीलकण्ठ–४, पासीकोट, काठमाडौं