समाचार

मिति २०८० आश्विन १३ ‘हाम्रो लघुकथा केन्द्रको’ आयोजनामा संस्थाकी कोषाध्यक्ष सत्या अधिकारीद्वारा लिखिल ञऐनाझ लघुकथासङ्ग्रह सार्वजनिक गरिएको छ । यसका साथसाथै ’हाम्रो लघुकथा केन्द्रमा’ आवद्ध भइ आजीवन सदस्य रहनु भएका ७२ जना सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमको अध्यक्षता संस्थाका उपाध्यक्ष डा. शेखरकुमर श्रेष्ठले गर्नु भएको थियो। ओम श्रेष्ठ रोदनको प्रमुख आतिथ्यमा श्रीओम श्रेष्ठ रहनु भएको थियो भने गंगा कर्माचार्य पौडेल विशिष्ट अतिथि रहनु भइ कार्यक्रम औपचारिक रुपमा सञ्चान गरिएको थियो ।
लघुकथा सङ्ग्रह विमोचन पछि कृतिकार सत्या अधिकारीले मन्तब्य राख्नु भएको थियो। ऐना लघुकथा सङ्ग्रहबाट कृतिकारका छोरा डा. स्वप्निल अधिकारी र संस्थाकी सदस्य गंगा दाहालले कथा वाचन गर्नु भएको थियो। कृतिकारका श्रीमान दामोदर अधिकारी, गंगा कर्माचार्य पौडेलले शुभकामना मन्तव्य दिनु भएको थियो। प्रमुख अतिथि श्रीओम श्रेष्ठले स्रष्टा तथा संस्थाफाई शुभकामना मन्तव्य दिनु भएको थियो। कार्यक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै डा. शेखरकुमार श्रेष्ठले कार्यक्रम समापन गर्नु भएको थियो ।