ललितपुर ।
वास्तुविद् एवं संस्कृति इतिहासविद् प्राध्यापक सुदर्शनराज तिवारीले मल्लयुगीन नेपाल मण्डलाको राजधानी ‘भक्तपुर’ माथि अनुसन्धानमूलक कृति सार्वजनिक गरेका छन् ।
पूर्वलिच्छवीकालीन सभ्यतामा जोडिएको र ‘ख्वप’ (ख्वपरिङ्गा, उदाउँदो सूर्यको सहर) पहिचानको भक्तपुरका बारेमा तिवारीले ऐतिहासिक, सामाजिक र सांस्कृतिक पक्षमा केन्द्रित रहेर ‘भक्तपुर’ कृति लेखेका छन् ।यसअघि प्राध्यापक तिवारीका ‘टायर्ड टेम्पल्ज अफ नेपाल’ (१९८८), ‘द एन्सिएन्ट सेटलमेन्ट्स अफ द काठमाडौं भ्याली (२००१), ‘द ब्रिक एन्ड द बुल: एन एकाउन्ट अफ हाडिगाउा, द एन्सिएन्ट क्यापिटल अफ नेपाल (२००२)’ र ‘टेम्पल्ज अफ द नेपाल भ्याली (२००९) लगायतका कृति प्रकाशनमा आएका छन् ।
पछिल्लो भक्तपुर कृति भने रिच आर्किटेक्चर्स, पाटनले प्रकाशनमा ल्याएको हो । यो कृतिमा भक्तपुरका विधागत पक्षमा विभिन्न ११ वटा आलेख समेटिएको छ ।