• २०८३ बैशाख २१, सोमबार

निबन्धहरूको संग्रह ‘हिमालयन ट्राजेक्टरी’को सडक विमोचन

काठमाडौं ।

कवि तथा निबन्धकार राजाराम बर्ताैलाको अंग्रेजी भाषामा लेखिएका छोटा निबन्धहरूको संग्रह ‘हिमालयन ट्राजेक्टरी’को सडक विमोचन भएको छ ।बुधबार (वैशाख १६) काठमाडौंमा आयोजित साहित्यकारहरूको समूहले कृति विमोचन गरे ।

नेपालको समसामयिक परिवेश, चीन, भारत र नेपाल सम्बन्ध तथा नेपालप्रतिको वैदेशिक दृष्टिकोण समेटिएको यस पुस्तकमा नेपालको प्राचीन इतिहासलाई समेटेर विगत र वर्तमानको तुलना गरिएको बताइएको छ ।लामो समय परराष्ट्र सेवामा बिताएका साहित्यकार बर्तौलाको यस पुस्तकमा १४ वटा निबन्ध समावेश छ ।