• २०८१ कातिर्क ३० शुक्रबार

नेपाल–भारत पुस्तकालयमा ‘पुस्तक विमोचन तथा छलफल’ कार्यक्रम संपन्न

काठमाडौंस्थित भारतीय राजदूतावासद्वारा नेपाल–भारत पुस्तकालयमा ‘नेपाल–भारत साहित्य महोत्सव’ अन्तर्गत ‘पुस्तक विमोचन तथा छलफल’ कार्यक्रम संपन्न गरिएको छ । बीपी कोइराला फाउण्डेशनको सहकार्यमा प्रकाशित हिन्दी पुस्तक ‘नेपाल मे हिन्दी’ को कार्यक्रमका प्रमुख अतिथि सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालले विमोचन गरेका थिए ।

नेपालका वरिष्ठ कवि श्री स्नेह सायमी र राजेन्द्र शलभद्वारा नेपालीबाट हिन्दीमा अनुवाद गरिएको कविता संग्रह ‘उजलेको रंग’ र श्री स्नेह सायमीको नेपाली कविता संग्रह ‘चश्मा र एकको वार्ता’ बारे अंतर्क्रिरया गरिएको थियो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका हिन्दी प्राध्यापक डा. श्वेता दीप्ती, प्रख्यात कवि श्री विधान आचार्य र वरिष्ठ साहित्यकार डा रामदयाल राकेशले आफ्नो विचार राखेका थिए ।

प्रमुख अतिथि गिरीशचन्द्र लालले आफ्नो सम्बोधनमा नेपाल र भारतबीचको सदियौं पुरानो सम्बन्धमा दुवै देशको साझा संस्कृति र भाषाको महत्व रहेको कुरा प्रकाश पारेका थिए । कार्यक्रममा साहित्यकार, शिक्षक, भाषाविद् तथा साहित्यप्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो ।