• २०८० असोज ९ मङ्गलबार

यादव खरेललाई ‘दीर्घ साधना’ अवार्ड

वरिष्ठ गीतकार, कवि तथा नियात्राकार यादव खरेललाई ‘दीर्घ साधना’ अवार्ड प्रदान गरिएको छ । रेडियो कान्तिपुरले ‘रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड’का अवसरमा खरेलले ६ दशकदेखि गीत साधनामा पुर्याएको योगदानको सम्मान गर्दै सो अवार्ड प्रदान गरेको हो ।

कार्यक्रममा कान्तिपुर पब्लिकेसन्सका कैलाश सिरोहियाले उनलाई नगद एक लाखसहित ट्रफी समर्पण गरेका थिए । ‘यस्तो पनि हुँदोरहेछ’, ‘यस्तै रहेछ यहाँको चलन’ जस्ता गीतका सर्जक खरेलले चालीसभन्दा बढी सिनेमाहरूका लागि पनि गीत लेखेका छन् ।