संसारमा अरू केही पनि छैन
पहिलो प्रेम जस्तो
यदि केही छ भने
त्यो हो दोस्रो प्रेम ।
दोस्रो प्रेम जस्तो
केवल एक चिज मात्र छ यस संसारमा
त्यो हो-
यदि मौका मिल्यो भने–तेस्रो प्रेम ।
यति बुुझ्न सक्यौ भने
तिमीले बुुझ्यौ सबैथोक
दार्शनिक बन्ने छौ
मुक्ति पाउने छौ ।
अनुवाद: राजेन्द्र शलभ