• २०८१ माघ २७ आइतबार

एकात्म

मिलन बोहोरा

मिलन बोहोरा


को हुँ
उनको
स मा हि त
एकात्मआत्मा
अभिन्न अस्तित्व
कि हुँ म वशीकृत
बिथोल्छ यही प्रश्नले
स्वेच्छाले हो कि भवितव्य
व्याख्याको बहिर्भूत सम्बन्ध
लीन हुन्छु तपस्वी जस्तै
तन्मय भएर बस्छु
खोज्छु अमत्र्य सुधा
छुट्टिने मनसा
कसरी राख्नु
स्व र्गा न न्द
त्यहीँ  नै
व्याप्त
छ ।


मिलन बोहोरा