नानी काँडा बिझेको
कान्छी औँलाजस्तो दुखिरहेछु-
बिस्तारैबिस्तारै झिक
आफूलाई मन पर्ने प्रिय खाने कुरा
फारू गर्दै खाइरहेको कुनै बालकझैँ
सम्झँदा, फारू गर्दै-
सम्झना गरिरहेछु
एउटा पहाडभन्दा पर्तिर
अर्को पहाड पनि त छ !
पर्ख !
सुन्नलाई पुरानो क्यासेटमा
सुरक्षित लोकप्रिय गीतहरू छन्
कविता जस्तो एकदम सत्य र तिमीजस्तै रहस्यमयी संसार छ
चाहन्छौ भने हिँड्नलाई म सँगसँगै-
तिर्खाउँदा/थाक्दा-
कतै बिसाउनी र कतै पँधेरो छ
बिस्तारै लेख चिठीहरू
र, बिस्तारै पठाऊ सम्झनाहरू
जुनीभर फारू गर्दै पढौँला तिमीलाई !
(रम्घाली चर्चित साहित्यकार हुन् ।)
[email protected]