ला
कहाँ
कसरी
बलात्कार
भएकी थियौ ?
यस्ता वाक्यवाण
अदालतको बिच
कठघरमा उभ्याई
साह्रै निर्लज्जताका साथ
सोधिन्छ जब धर्षितालाई
औँला ठड्याई प्रश्न हुन्छ
उनको अस्तित्वमाथि ।
कसले देखे होला !
उनको वेदना ?
त्यो समयको
मनोदशा
कसैले
सोचो
त ?
दीपक दवाडी
तेजपुर आसाम
[email protected]