• २०८१ कातिर्क २३ शुक्रबार

वरिष्ठ साहित्यकार चोलेश्वर शर्माको हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह लोकार्पण

धवल पुस्तकालय पाल्पाको संयोजनमा वरिष्ठ साहित्यकार चोलेश्वर शर्माको सगरमाथा एक पहाडको नाम होइन हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहको लोकार्पण कार्यक्रम भव्य समारोहबीच सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथिका रूपमा वरिष्ठ साहित्यकार तथा समालोचक प्रा. डा. गोविन्दराज भट्टराई हुनुहुन्थ्यो । जिल्ला समन्वय पाल्पाका प्रमुख टंकनाथ खनाल, तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई विशिष्ट अतिथिका रूपमा आमन्त्रण गरिएको थियो । साहित्यिक संघसंस्थाका प्रमुख, सामाजिक संघसंस्थाका प्रमुख, विद्यालयका प्रअ, साहित्यकार, सञ्चारकर्मी लगायतलाई अतिथिका रूपमा आमन्त्रण गरिएको थियो ।

कृतिकार चनेलेश्वर शर्माको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्ने काम टंक पन्थबाट भयो । कार्यक्रमको समुद्घाटनपश्चात कृति लोकार्पण गरिएको थियोे । कृतिमाथि समीक्षा गर्ने काम साहित्यकार दीन पन्थी र वनमाली निराकारले गर्नुभएको हो । साहित्यकार तथा समीक्षक दीन पन्थीले पहिलो कृतिको समीक्षा २०५७ सालमा लेखेको र अहिले दोस्रो कृतिको समीक्षा गर्ने अवसर पनि आफूलाई प्राप्त भएको धारणा राख्नुभयो । हास्यको सम्बन्ध रससँग र व्यङ्ग्यको सम्बन्ध अर्थसँग रहेको विचारका साथमा सफल साहित्यकारले हास्यका तुलनामा व्यङ्ग्यलाई उपयोग गरेको कुराका साथमा चोलेश्वर शर्माले पनि व्यङ्ग्यलाई प्रमुख आधार बनाएको विचार व्यक्त भयो । कृतिको सम्यक समीक्षा गर्न नसकिने विचारसमेत उहाँले व्यक्त गर्नुभयो । हरेक शब्दमा मर्म छ सबै निबन्ध गुलिया छन् भन्ने निष्कर्ष उहाँको थियो ।

विकृतिमाथिको तिखो व्यङ्ग्य निबन्धको सार पक्ष रहेको कुरा उहाँले व्यक्त गर्नुभयो । साहित्यकार वनमाली निराकार पुस्तकको बाह्य र आन्तरिक पक्षलाई प्रकाश पार्ने काम गर्नुभयो । मुखपृष्ठमा हास्यव्यङ्ग निबन्धसङ्ग्रह नराख्दा राम्रो हुने विचारउहाँले व्यक्त गर्नुभयो । निबन्ध पढ्दै जाँदा हामी स्वयं व्यङ्ग्यको पात्र बनेको अनुभूति हुने विचार व्यक्त गर्नुभयो । केन्द्रले मोफसलको प्रतिभालाई मारेको बिम्ब यी निबन्धमा व्यक्त भएको यथार्थलाई उहाँले प्रस्तुत गर्नुभयो । साहित्यका क्षेत्रमा भएका विकृतिको मार्मिक यथार्थलाई चोलेश्वर शर्माले उजागर गरेको कुरा उहाँले व्यक गर्नुभयो । सम्पूर्ण साहित्यको अध्ययन गरेर मात्र यी व्यङ्ग्यहरू आएको प्रस्ट पार्नुभयो । साहित्यकार विजय सागरले ‘तानसेन बादलमाथिको सहरको नाम’ र ‘सगरमाथा एक पहाडको नाम होइन’ शीर्षकका निबन्धमा राष्ट्रवादी चेतनाको सघन प्रस्तुति रहेको विचार व्यक्त गर्नुभयो । पत्रकार महासंघका पूर्व अध्यक्ष गोविन्द भट्टराईले चोलेश्वर शर्माको प्राज्ञिक र साहित्यिक योगदान सुकिलो रहेको सन्दर्भसहित गहन कृतिको प्रकाशनका लागि शुभकामना व्यक्त गर्नुभयो । मर्म छ सबै निबन्ध गुलिया छन् भन्ने निष्कर्ष उहाँको थियो । विकृतिमाथिको तिखो व्यङ्ग्य निबन्धको सार पक्ष रहेको कुरा उहाँले व्यक्त गर्नुभयो । साहित्यकार वनमाली निराकार पुस्तकको बाह्य र आन्तरिक पक्षलाई प्रकाश पार्ने काम गर्नुभयो । मुखपृष्ठमा हास्यव्यङ्ग निबन्धसङ्ग्रह नराख्दा राम्रो हुने विचारउहाँले व्यक्त गर्नुभयो । निबन्ध पढ्दै जाँदा हामी स्वयं व्यङ्ग्यको पात्र बनेको अनुभूति हुने विचार व्यक्त गर्नुभयो । केन्द्रले मोफसलको प्रतिभालाई मारेको बिम्ब यी निबन्धमा व्यक्त भएको यथार्थलाई उहाँले प्रस्तुत गर्नुभयो । साहित्यका क्षेत्रमा भएका विकृतिको मार्मिक यथार्थलाई चोलेश्वर शर्माले उजागर गरेको कुरा उहाँले व्यक गर्नुभयो ।

सम्पूर्ण साहित्यको अध्ययन गरेर मात्र यी व्यङ्ग्यहरू आएको प्रस्ट पार्नुभयो । साहित्यकार विजय सागरले ‘तानसेन बादलमाथिको सहरको नाम’ र ‘सगरमाथा एक पहाडको नाम होइन’ शीर्षकका निबन्धमा राष्ट्रवादी चेतनाको सघन प्रस्तुति रहेको विचार व्यक्त गर्नुभयो । पत्रकार महासंघका पूर्व अध्यक्ष गोविन्द भट्टराईलेचोलेश्वर शर्माको प्राज्ञिक र साहित्यिक योगदान सुकिलो रहेको सन्दर्भसहित गहन कृतिको प्रकाशनका लागि शुभकामना व्यक्त गर्नुभयो ।

तरङ्ग साहित्य संगमका अध्यक्ष राधाकृष्ण शर्माले कृतिकार आफ्नो गुरु रहेको सन्दर्भ उल्लेख गर्नुभयो । उहाँले प्रमुख अतिथिको प्राज्ञिक महत्त्वलाई प्रकाश पारी कृतिकारलाई बधाई ज्ञापन गर्नुभयो । त्रिभुवन बहुमुखी क्याम्पसका प्रमुख टंकप्रसाद भट्टराईले चोलेश्वर शर्माको शैक्षिक, प्रशानिक तथा साहित्यिक व्यक्तित्वको प्रकाश पार्नुभयो । पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले गरिमामय कार्यक्रममा उपस्थित हुन पाउँदा गौरवबोध भएको विचार व्यक्त गर्नुभयो । २०५५ सालपछिका उहाँका व्यङ्ग्यहरू यथाशीघ्र पढ्न पाइयोस् भन्ने शुभकामनासमेत व्यक्त गर्नुभयो । ओझेलमा परेको हास्यव्यङ्ग्यलाई माथि उठाउन चोलेश्वर शर्मा जस्ता लेखकको खाँचो रहेको विचार व्यक्त गर्नुभयो ।

नगरप्रमुख सन्तोषलाल श्रेष्ठले कृतिकार शर्माको पाल्पाको शैक्षिक तथा प्रशासनिक क्षेत्रमा सुकिलो पहिचान रहेको र साहित्यका क्षेत्रमा अझै योगदान पुग्ने अपेक्षा व्यक्त गर्नुभयो । जिल्ला समन्वय पाल्पाका प्रमुख प्रमुख टंकनाथ खनालले चोलेश्वर गुरुको महत्त्वपूर्ण कृति प्रकाशन भएकोमा बधाई व्यक्त गर्नुभयो । सबैजसो निबन्धहरूमा सामाजिक सांसकृतिक क्षेत्रका विसङ्गतिमाथि प्राहर गरिएको विचार व्यक्त गर्नुभयो । संविधान सभा सदस्य नारायणी शर्माले समाजलाई महत्त्वपूर्ण कृति प्रकाशन गरेकोमा लेखकलाई हार्दिक बधाई व्यक्त गर्नुभयो । संस्कार र आचरणमा आएको स्खलनलाई प्रहार गरी समाजलाई मार्गदर्शन गर्नमा कृतिले योगदान दिने विश्वास व्यक्त गर्नुभयो । थप कृति प्रकाशनको शुभकामना व्यक्त गर्नुभयो ।

कृतिकार चोलेश्वर शर्माले उपस्थित सम्पूर्ण तह र तप्काका व्यक्तिहरूलाई धन्यवाद दिनुभयो । आफ्नो लेखनका विषयमा धेरै कुरा आएको विचार व्यक्त गरी सिर्जनाको पृष्ठभूमिलाई प्रकाश गर्नुभयो । आफ्नो जागिरे जीवन तथा सिर्जनाको अवस्थालाई पनि उल्लेख गर्नुभयो । साहित्यप्रतिको दृष्टिकोणप्रतिको मान्यतालाई कटाक्षपूर्ण शैलीमा प्रस्तुत गर्नुभयो । २०३४ सालदेखि २०७९ सालसम्मको साधनाको पक्षलाई समेत उहाँले प्रस्तुत गर्नुभयो । आफूले पत्रिकामा पठाएका रचना कुनै पनि फिर्ता नआएको कुरा पनि उहाँले व्यक्त गर्नुभयो । आजको दिनमा जीवनमा अत्यन्तै खुसी भएको विचार व्यक्त गर्नुभयो । साथीहरूका सल्लाह सुझावबाट यो शीर्षक राखिएको सन्दर्भ उल्लेख गर्नुभयो । समसामयिक विषय र भावहरू पनि यहाँ व्यक्त रहेको स्वीकृति उहाँको रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. गोविन्दराज भट्टराईले २०५८ सालदेखि पाल्पासँग आफ्नो सम्बन्ध रहेको विचार व्यक्त गर्नुभयो । अदभूत शक्ति भएको व्यक्ति चोलेश्वर शर्मा रहेको कुरा उहाँले व्यक्त गर्नुभयो । नेपाली स्रष्टाका निबन्धलाई अङ्ग्रेजी भाषामा अनुवाद गरिएको र १५ जना स्रष्टाका छनोटमा चोलेश्वर शर्मा परेको विचार व्यक्त गर्नुभयो । विसङ्गतिलाई उधिनेर लेख्ने क्षमता भएको स्रष्टा किन सुस्तायो भन्ने चिन्ता आफूलाई लागेको विचार उहाँले व्यक्त गर्नुभयो । लेखकले ऋण काढेर भए पनि कृति प्रकाशन गर्नुपर्ने मान्यता उहाँले प्रस्तुत गर्नुभयो । ग्लोबलाइजेसनले ल्याएको चुनौतीप्रतिको चेतना शर्माका निबन्धमा व्यक्त भएको मर्म प्रस्तुत गर्नुभयो । मानिसका आहारविहार र जीवनशैलीमा आएको आडम्बरप्रति सघन कटाक्ष गरिएको छ । लामो संरचनामै गहन विचार आउने कुरा उहाँले स्पष्ट पार्नुभयो । अध्यक्ष युवराज पौड्यालले कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गरी कृतिकार चोलेश्वर शर्मालाई बधाई व्यक्त गर्नुभयो । उपस्थित अतिथि लगायत सहभागीहरूलाई कोषाध्यक्ष सन्तोष खनालले स्वागत गर्नुभयो । कार्यक्रमको सञ्चालन महासचिव राजेशकुमार अर्यालले गर्नुभयो ।