२०७ औँ भानु जन्मजयन्ती विशेष
यदि तिमी चाहन्छौ–
नानीहरूका ओछ्यानमा
फक्रिऊन् गुलाफी फूलहरू
यदि तिमी चाहन्छौ–
भरियोस् तिम्रो बगैँचा
थरीथरीका फूलहरूले
यदि तिमी चाहन्छौ–
मेघयुक्त काला बादलहरू आऊन्
हरियालीको खबर बोकेर
तिम्रा खेतहरूसम्म
र बिस्तारैबिस्तारै उधारोस्
वसन्तले बन्द परेलाहरू
त्यसो भए तिमीले मुक्त गर्नैपर्छ
त्यस कैदी पक्षीलाई
जसले गुँड बनाएर बसेको छ
मेरो जिब्रोमाथि ।
अनुवाद: राजेन्द्र शलभ